नेकपा एमालेको लुम्बिनी प्रदेश सभा सदस्य र पार्टीबाट राजीनामा दिएका नेता दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।
आइतबार मुख्यमन्त्रीमा शंकर पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्त भएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले राजीनामा दिएका थिए।
पाण्डेयले सोमबार कांग्रेस प्रवेश गरेको पत्रकार सम्मेलन गर्दै घोषणा गरेका हुन्। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
कांग्रेस प्रवेश गरेका पाण्डेयलाई राष्ट्रिय सभाको रिक्त एक स्थानमा हुने उप निर्वाचनको उम्मेदवार बनाउने तयारी छ।
त्यसमा माओवादी केन्द्रसँग सहमति भएको कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले बताए।
‘राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको छ,’ खानले भने।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको एक स्थान रिक्त छ।
माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले पदमुक्त गरेको थियो ।

प्रतिक्रिया