राजनीति


पश्चिम बंगालकी मुख्यमन्त्री ममताले भाजपा उम्मेदवारलाई १२ सय मतले पराजित गरिन्

पश्चिम बंगालकी मुख्यमन्त्री ममताले भाजपा उम्मेदवारलाई १२ सय मतले पराजित गरिन्

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १२:२४,

मतगणना जारी रहँदा पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमुल काँग्रेसले शानदार जित निकाल्ने देखिएको छ।

यसबीचमा मुख्यमन्त्री बनर्जीले नदिग्राम क्षेत्रमा जित हात पारेकी छिन्। उनले भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीलाई १२ सय मतले जितेको इन्डिया टुडेले जनाएको छ।

२९२ सिटको लागि भएको निर्वाचनमा बनर्जीको पार्टीले हालसम्म २१७ स्थानमा अग्रता लिएको छ भने ३ स्थानमा जित हासिल गरिसकेको भारतको निर्वाचन आयोगले जनाएको छ।

त्यहाँ भारतीय जनता पार्टीले त्रिणमुल कँग्रेसलाई पछ्याइरहेको छ। हालसम्म भाजपा ७४ स्थानमा अगाडि रहेको इन्डिया टुडेले जनाएको छ।

यस राज्यमा सरकार बनाउनको लागि १४७ सिट भए पुग्छ।

बनर्जीको पार्टीले स्पष्ट बहुमत ल्याउने भारतीय संचार माध्यमले बताएका छन्। यतिबेला बनर्जी साथै उनको पार्टीलाई बधाई दिनेको ओइरो लागेको छ।

यसबीचमा भाजपाका वरिष्ठ नेता तथा देशका रक्षामन्त्री राजनाथ सिंहले पनि बनर्जीलाई बधाई दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .