जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर आफूनिकट नेताहरुसँग छलफलमा जुटेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्नेबारे पार्टीभित्र तीव्र विवाद चर्किरहेका बेला अध्यक्ष ठाकुरले परामर्श सुरु गरेका हुन्।
उनले पार्टीका नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग छलफल तीव्र पारेका छन्।
यसैबीच, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा उभिएर लगत्तै प्रदेश सरकारको मन्त्री बनेका जसपाका चार जना नेता पनि काठमाडौंमै आएका छन्।
ठाकुरसँगको परामर्शमा उनीहरु पनि सहभागी रहेको ठाकुरनिकट एक नेताले नेपालखबरसँग भने।
‘अहिलेको पछिल्लो अवस्थाबारे छलफल परामर्श हो,’ ती नेताले भने।
लुम्बिनीमा मुख्यमन्त्रीलाई साथ दिएर मन्त्री बनेका जसपाका चार सांसदलाई पार्टीको एक पक्षले कारबाही गरेको जनाएको छ भने ठाकुरले छुट्टै वक्तव्य जारी गरी उनीहरुलाई कारवाही नभएको जनाएका छन्।
यो पनि :
- लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
- जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैनः महन्थ ठाकुर
प्रतिक्रिया