राजनीति


शाही भन्छन् : हिजो बेहोस भएछु, अविश्वास प्रस्तावमै मतदान गर्छु

शाही भन्छन् : हिजो बेहोस भएछु, अविश्वास प्रस्तावमै मतदान गर्छु

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ९:१०,

राष्ट्रिय जनमोर्चाकातर्फबाट गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन्।

बिहीबार एक वक्तव्य जारी गर्दै आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको प्रष्ट पारेका हुन्।

'पार्टी निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ति निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ,' शाहीले भनेका छन्।

khim bikram press

संसद बैठकका दिन आफू बेहोस भएकोले आउन नसकेको उनको बताएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल भइरहेको समयमा उनी बिना जानकारी सदनमा अनुपस्थित भएका थिए।

'म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा लैजाने क्रममा म बेहोस भएछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमित सुधार आएको महशुस गरेको छु,' शाहीले भनेका छन्।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

उक्त प्रस्तावमा राजमोको समर्थन छ। ३ जना सांसद रहेको राजमो अविश्वास प्रस्तावको निर्णायक हो।

शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि राजमोकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही रोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेकी थिइन्।
त्यसपछि प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित भएको थियो।

 यो पनि :
अस्पतालको 'आईसीयू' मा भेटिए सम्पर्कविहीन सांसद

अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .