कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिँदै गएपछि प्रहरीले थप कडाइ गर्न थालेको छ।
सोमबार बिहान मास्क नलगाई हिडेका १३ सय २५ जनालाई प्रहरीले केही समय होल्डमा राखेर (उभ्याएर) छाडेको छ।
प्रहरीले होल्डमा राखेका मध्य ३ सय २२ जना महिला र एक हजार ३ पुरुष रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
स्वास्थ्य मापदण्ड पालना नगरी बाहिर हिडडुल गर्नेलाई संक्रामक ऐन, २०२० को दफा २ अनुसार प्रहरीले कारबाही गर्न सक्छ।
उपत्यकाबाहिर पनि प्रहरीले कारबाही थालेको छ। सोमबार बिहान मकवानपुरमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने तथा मास्क प्रयोग नगर्नेलाई जरिवाना तिराएको छ।
मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार कारबाहीमा पर्नेमा ५५ मोटरसाइकल चालक, अटोचालक ७, म्याजिक ५ र मयुरी एउटा रहेका छन्।
यस्तै मास्क नलगाउने २३ जनालाई १ सय रुपैयाँका दरले जरिवाना तिराएको छ।

प्रतिक्रिया