ad ad

राजनीति


फर्केर आउनेलाई ओली समूहले उपयुक्त जिम्मेवारी दिने

फर्केर आउनेलाई ओली समूहले उपयुक्त जिम्मेवारी दिने

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ०:५५,

नेकपा एमाले ओली समूहले माधव नेपाल समूहबाट फर्केर आउने नेता तथा कार्यकर्तालाई आवश्यकता र योग्यताअनुसार जिम्मेवारी दिने भएको छ।

सोमबार ओली समूहले बालुवाटारमा राखेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका विष्णु रिजालसहित तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका थिए। उनीहरूको समूहले भने बैठक बहिष्कार गरेको थियो।

‘पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रूपमा यथावत राख्ने,’ बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले पेस गरेको संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरूलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरूलाई आवश्यकता र योग्यताअनुरूप उपयुक्त जिम्मेवारी दिने।’

प्रस्तावमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना उल्लेख गरिएको छ। यस्तै जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटी पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय संगठन पनि पुनर्गठन गर्ने योजना उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .