राजनीति


जसपाका चार सांसदलाई समेटेर आजै मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री पोखरेल

जसपाका चार सांसदलाई समेटेर आजै मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री पोखरेल

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ९:३३,

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रलाई आजै उनलाई दिएको समर्थन फिर्ता गर्नुका साथै माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिए।

आजै माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गराएको छ।

‘जसपाका चार जना सांसदलाई मन्त्री बनाउने तयारी छ,’ पोखरेलनिकट स्रोतले भन्यो।

उनका अनुसार जसपा सांसदहरु विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाउन लागिएको हो।

सांसद कल्पना पाण्डेले आज दर्ता गरिएको अविश्वास प्रस्तावमा आफू सहभागी नरहेको बताइन्।

नवनियुक्त मन्त्रीहरुको आजै ४ बजे सपथग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यो पनिः

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव

लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad