ad ad

राजनीति


माओवादी मुख्यमन्त्रीलाई मत दिने एमाले सांसदलाई कारबाही

माओवादी मुख्यमन्त्रीलाई मत दिने एमाले सांसदलाई कारबाही

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ११:२१,

नेकपा–एमालेले कर्णाली प्रदेशमा पार्टी निर्देशनविपरित माओवादी मुख्यमन्त्रीका पक्षमा मत दिने एमाले सांसदलाई कारबाही गरेको छ।

प्रदेश सभामा शुक्रबार भएको मतदानमा एमालेका ४ जना सांसदले माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएपछि उनको पद जोगिएको थियो।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए।

यो पनिः कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै

एमाले कर्णाली प्रदेश सभाका प्रमुख सचेतक गुलावजंग शाहले पार्टी ह्विप उल्लंघन गर्ने एमाले सांसदलाई कारबाही गरेको बताए।

‘वहाँहरुलाई संसद र पार्टीबाट निस्काशित गर्नेगरी कारबाही गरिएको छ,’ शाहले नेपालखबरसँग भने।

एमालेको कर्णाली प्रदेश संसदीय दलले शुक्रबारको प्रदेश सभा बैठकअघि मुख्यमन्त्रीका विरुद्ध मतदान गर्न ह्विप जारी गरेको थियो।

यो पनिः
कर्णाली प्रदेशमा विश्वासको मतः मुख्यमन्त्री शाहीको पक्षमा बहुमत

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न लगातार लागेका छौं, म व्यस्त छुः प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .