राजनीति


आत्मालोचनाबारे अध्यक्ष ओलीलाई योगेश भट्टराईका ८ सुझाव

आत्मालोचनाबारे अध्यक्ष ओलीलाई योगेश भट्टराईका ८ सुझाव

नेपालखबर
चैत ३०, २०७७ सोमबार १६:३९,

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कारबाही गरेका नेता माधवकुमार नेपाललाई ‘आत्मालोचना गरेर पार्टीमा फर्कनुस्’ भनेर सुझाव दिएको दिन सोमबार राति नेपाल पक्षका नेता योगेश भट्टराईले त्यसबारे टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा उनले ‘आलोचना र आत्मालोचना’ शीर्षकमा ८ बुँदे स्टाटस लेखेका हुन्।

उनले लेखेको स्टाटस यस्तो छ :

आलोचना र आत्मालोचना बारे–
–पहिला २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौं।

–त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरौं।

–बैठकमा खुला खुलस्त छलफल गरौं। षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं।

–आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं।

–पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने सबै तयार होऔं।

–महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गरौं, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौं र परिणाम सबैले स्वीकार गरौं।

–आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाऊँ।

जमिनमा टेकौं र जनतातर्फ फर्काैं। यसैमा छ सबैको भलो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad