राजनीति


आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

नेपालखबर
चैत २९, २०७७ आइतबार ३:४२,

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिए।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताए।

शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गरेका थिए।

छलफलमा देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गर्दै सहयोग गर्न आग्रह गरेका थिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने निर्णय गर्न समय मागेको छ। 

यो पनि : ओली सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad