राजनीति


देशभर वायु प्रदूषण बढेपछि राष्ट्रपति भण्डारीको आह्वान : डढेलो रोक्न सबै लागौं

देशभर वायु प्रदूषण बढेपछि राष्ट्रपति भण्डारीको आह्वान : डढेलो रोक्न सबै लागौं

नेपालखबर
चैत २६, २०७७ बिहिबार १२:१७,

देशभर वायु प्रदूषण बढेकामा राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता प्रकट गरेकी छन्।

बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले डढेलोका कारण वायु प्रदूषण बढेकाले यसको नियन्त्रणमा लाग्न जनप्रतिनिधि, विज्ञलगायत सबैलाई आह्वान गरेकी हुन्।

‘जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚ औद्योगिक र सवारी साधनको धुवाँ‚ धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय हो,’ राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .