संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी, नेपालबीच एकीकरण भएपछि बनेको समाजवादी पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेता कार्यकर्ता बिहीबार आयोग पुगको हुन्।
समाजवादी पार्टीको पोर्टफोलियोमा बाबुराम अगाडी छन् तर कार्यकारी अधिकार भने उपेन्द्र यादवलाई दिइएको सो दल सम्बद्ध स्रोतले बतायो।
गत वैशाख २३ गते संघीय समाजवादी फोरम र नयां शक्ति पार्टी नेपालबीच एकता भएर बनेको, समाजवादी पार्टीमा २५ जना पदाधिकारी छन्।
संघीय परिषदका अध्यक्ष डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवका साथै, पार्टीको वरिष्ठ नेता अशोक राई र सहअध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ।
प्रतिक्रिया