राजनीति


भारतीय दूतावासबाट १५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

भारतीय दूतावासबाट १५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपालखबर
चैत १५, २०७७ आइतबार १६:२,

काठमाडौंस्थित भारतीय राजदूतावासले शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वुमेन हाइक’ को आयोजना गरेको छ।

‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको दूतावासले जनाएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी धर्मपत्नी श्रीमती पुजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा थिए। उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।

पद्मश्री अवार्डबाट सम्मानित अनुराधा कोईरालाले स्थापना गरेको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो।

बेचबिखनमा परेका पीडित महिलाहरुको उद्धार पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ।

श्रीमती क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरिन्।

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सारेको पहल हो। सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइनेछ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ। सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ। उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad