ad ad

राजनीति


स्पष्टीकरणबारे घनश्याम भुसालको प्रतिक्रिया : त्यो ओलीको योग्यताभित्रको कुरा हो

स्पष्टीकरणबारे घनश्याम भुसालको प्रतिक्रिया : त्यो ओलीको योग्यताभित्रको कुरा हो

नेपालखबर
चैत ७, २०७७ शनिबार १३:४३,

नेकपा एमालेमा नेता घनश्याम भुसालले आफूलाई स्पष्टीकरण सोधिएकोबारे कुनै औपचारिक जानकारी नभएको बताएका छन्।

आइतबार एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्ड र घनश्याम भुसाललाई पार्टीविरोधी गतिविधि गरेको, गुट चलाएको, नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेता भुसालले आफूलाई त्यसबारे कुनै जानकारी नआएको बताउँदै त्यो अध्यक्ष केपी शर्मा ओलीको योग्यताभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन्।

‘स्पष्टीकरण सोधिएकोबारे मलाई अहिलेसम्म औपचारिक जानकारी आएको छैन’, नेपालखबरसँग नेता भुसालले भने, ‘यदी यो हो भने पनि अध्यक्ष ओलीको योग्यताभित्रको कुरा हो।’

उनले यस्ता कारबाहीका कुराहरु अझै आउने बताए। प्रधानमन्त्री ओली देश र पार्टी दुवैतिर कहीँकतै सिस्टम बाँकी रहेको भए त्यसलाई भत्काउन उद्दत रहेको उनले आरोप लगाए।

‘यस्ता कुरा अझै आउन सक्छन्’, उनले थपे, ‘प्रधानमन्त्री ओली देश र पार्टीभित्र कहीँ कतै सिस्टम बाँकी रहेको भए त्यसलाई भत्काउन उद्दत हुनुहुन्छ र त्यसका लागि उहाँ लागि नै रहनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .