ad ad

राजनीति


प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक, यस्ता छन् एजेन्डा

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक, यस्ता छन् एजेन्डा

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:१८,

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको उनी निकट सांसद विशाल भट्टराईले जानकारी दिए।

उनले बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताए। पछिल्लो चरण पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि छलफल गर्न दलको बैठक बोलाएको जानकारी दिए।

‘पार्टीमा पछिल्लो समय गम्भीर खालका समस्या उत्पन्न भएका छन्, त्यसलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ सांसद भट्टराईले नेपालखबरसँग भने।

उनले संसद अधिवेशनमा सांसदहरु कसी प्रस्तुत हुने, संसदलाई कसरी प्रभावकारी बनाउने र पार्टी एकतालाई कसरी जोगाएर अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताए।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा खनाल–नेपाल पक्ष सहभागी हुने नहुनेबारे केही बताइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .