राजनीति


जसपा शीर्ष पाँच नेताको बैठक बालकुमारीमा, सत्ता समीकरणबारे निर्णय होला?

जसपा शीर्ष पाँच नेताको बैठक बालकुमारीमा, सत्ता समीकरणबारे निर्णय होला?

नेपालखबर
चैत २, २०७७ सोमबार ११:२,

जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताहरुको बैठक बसिरहेको छ।

एक नेताका अनुसार सत्ता समीकरण, संसद बैठकमा उपस्थिति लगायतका विषयमा छलफल गर्न अहिले शीर्ष पाँच नेताको बैठक बसिरहेको हो।

पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी छन् ।

जसपाले महत्वपूर्ण निर्णय गर्नुअघि शीर्ष नेताहरुबीच छलफल गर्दै आएको छ ।

मंगलबार संसद बैठक बस्दै छ।

जसपाले नयाँ सरकार गठनका विषयमा कांग्रेस, एमाले, माओवादी केन्द्रसँग छलफल गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प हुनुपर्ने अडानमा रहेको जसपाले त्यसका लागि कांग्रेस तयार नभएको टिप्पणी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad