ad ad

राजनीति


खगेन्द्र संग्रौला भन्छन् : ओलीले ‘हेग’को तरबार चलाउन बेर छैन, होसियार !

खगेन्द्र संग्रौला भन्छन् : ओलीले ‘हेग’को तरबार चलाउन बेर छैन, होसियार !

नेपालखबर
फागुन २९, २०७७ शनिबार १:४०,

लेखक खगेन्द्र संग्रौलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार, सम्पत्ति शुद्धीकरण र हेग (नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालत) को तरबारसमेत चलाउन सक्ने चेतावनी दिएका छन्।

ओलीलाई प्रधानमन्त्री बनाएर ‘सर्पलाई दूध खुवाएर पालेको’ नजिता अहिले भोग्नुपरेको उल्लेख गर्दै साहित्यकार संग्रौलाले अब प्रचण्ड र नेपालसँग दुइटा विकल्प भएको बताएका छन्।

उनीहरूसामु अब कि सत्य र न्यायको राजनीति गर्ने कि ओलीको प्रहार भोग्ने विकल्प मात्र भएको संग्रौलाको भनाइ छ।

‘बाँदरलाई मकैबारीको गोठालो बनाएर सर्पलाई दूधले पोस्दा निस्कने नतिजा पीके (पुष्पकमल दाहाल) र माकुने (माधवकुमार नेपाल) सरलाई देखाइदिए त ओली सरले,’ संग्रौलाले शनिबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब ओली सरले अख्तियार, सम्पत्ति शुद्धीकरण र हेगको तरबार चलाउन बेर छैन।’

सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘आइन्दा पीके माकुने सर कि त सत्य र न्यायको राजनीतिमा कि ओलीकृत नरकबासमा, बीचको बाटो छैन। चेतना भया !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .