राजनीति


स्थायी समिति बैठक तत्काल बोलाउन नेपाल समूहको माग

स्थायी समिति बैठक तत्काल बोलाउन नेपाल समूहको माग

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १०:५१,

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय स्थायी समिति सदस्यहरुले तत्काल पार्टीको स्थायी समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।

बिहीबार काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी समितिको बैठकले तत्काल  स्थायी समिति बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले बताए।

‘अहिलेको परिस्थििको बारेमा समीक्षा गर्न र अगाडि कसरी जाने भन्नेबारे छलफल गर्न  स्थायी समिति बैठक बोलाउन माग गर्ने भन्ने हाम्रो निष्कर्ष रह्यो’, उपाध्यक्ष रावलले नेपालखबरसँग भने।

उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी समिति बैठक बोलाउन आग्रह गरिएको बताए।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

एमाले र माओवादी भिन्दाभिन्दै पार्टी भएपछि माओवादी केन्द्रले स्थायी समितिको बैठक राखिसके पनि एमालेको दुई समूहबीच भने अहिलेसम्म औपचारिक वार्ता समेत भएको छैन।

बरु एमालेकै ओली र नेपालसमूहबीच केही जिल्लामा झड्प समेत भएका छन्।

उपाध्यक्ष रावलले अध्यक्षले तत्काल बैठक बोलाउनुपर्नेमा अहिलेसम्म नबोलाउनु दुर्भाग्यपूर्ण भएको बताए।

‘सर्वोच्चको आदेशअनुसार एमाले पुनर्स्थापित भइसकेको यतिका दिन भइसक्यो, अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय हो’, उनले भने, ‘त्यसैले तत्काल छलफलका लागि बैठक बोलाउन माग गरेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad