ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

प्रचण्ड–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:५३,

सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको छ।

बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए।

तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको हो।

‘कानुन, संविधान र सर्वोच्च अदालतको फैसलाको दृष्टिकोणबाट यो अहिलेको सरकारको वैधतामा प्रश्न उठेको हुँदा यो सरकारले गरेका निर्णय यहाँ पेस गर्न मिल्दैन,’ रावलले भने, सबैभन्दा पहिले सरकार र प्रधानमन्त्रीको स्थिति प्रष्ट पारेपछि मात्र सो दलले ल्याएका अध्यादेश कानूनहरु पेस गर्नुपर्छ।’

रावलले प्रधानमन्त्री आफैले हत्या गरेको यो प्रतिनिधि सभामा उनै प्रधानमन्त्रीले यी कुराहरु प्रस्तुत गर्न मिल्छ र भनी प्रश्न गरेका थिए।

सभामुखले प्रस्तुत गरेमा सो प्रक्रिया बहिस्कार गर्ने भनी रावलले भने पनि सभामुख अग्निप्रसाद सापकोटाले ती अध्यादेश प्रस्तुत गरेपछि प्रचण्ड–नेपाल पक्षका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .