राजनीति


स्कर्पियो गाडीमा प्रहरी स्कर्टिङसहित विप्लव काठमाडौँ प्रवेश

स्कर्पियो गाडीमा प्रहरी स्कर्टिङसहित विप्लव काठमाडौँ प्रवेश

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ६:४९,

प्रहरीको स्कर्टिङसहित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं प्रवेश गरेका छन्।

दुईवटा स्कर्पियो गाडीमा महासचिव विप्लवसहितको टोली शुक्रबार मध्यान्ह खानीखोलाबाट नागढुंगातर्फ आएको उच्च सुरक्षा श्रोतले जनाएको छ।

काठमाडौं उत्रिए लगतै विप्लवलाई स्वागत गर्न गृह मन्त्रालयका अधिकारीहरु तयारी अवस्थामा छन्।

‘अबको आधा घण्टामा हामी काठमाडौं प्रवेश गरिसक्छौं’, विप्लवसँगै रहेका एक नेताले भने, ‘काठमाडौं पुगेलगत्तै गृह मन्त्रालयकै अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। त्यो कार्यक्रम सकिएको केही समयपछि उहाँ (विप्लव) राष्ट्रिय सभागृह जानुहुन्छ।’

सरकार र नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएसँगै नेकपामाथि लागेको प्रतिबन्ध पनि सरकारले हटाएको छ। प्रतिबन्ध हटेसँगै विप्लव समूहका नेताहरु सार्वजनिक हुन थालेका छन् भने हिरासतमा रहेका नेताहरुलाई पनि छाड्न थालिएको छ।

सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार बिहान काभ्रे प्रहरीको हिरासतबाट छुटिसकेका छन्। उनी अहिले काठमाडौँ आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad