ad ad

राजनीति


सरकार–विप्लव वार्ताको समय सारियो

सरकार–विप्लव वार्ताको समय सारियो

सागर न्यौपाने
फागुन १८, २०७७ मंगलबार २३:२३,

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकाबीच वार्ता आज (बुधबार) हुने भएको छ।

हिजो (मंगलबारं) गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो।

वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो।

तर हिजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको उनले बताए।

सरकारसँग वार्ताका लागि विप्लव टोलीका संयोजक प्रकाण्डलगायत नेता केही दिनदेखि काठमाडौंमै छन् भने वार्ता टोलीका सदस्य दीपक पनि मंगलबार उपत्यका आएका छन्। 

‘औपचारिक वार्ता बुधबार हुन्छ भन्ने सूचना पाएका छौं,’ विप्लव नेकपाका ती नेताले नेपालखबरसँग भने, ‘आज वार्ताको वातावरण बनाउने, ठाउँको विषयमा सामान्य अनौपचारिक कुरा भएको जानकारी छ।’

सरकारको उच्च सुरक्षा स्रोतले पनि मंगलबारै राति नै वार्ताको तयारी गरिएको तर विप्लवतर्फका वार्ता टोली सार्वजनिक हुने कि नहुने भन्ने कुरामा टुंगोमा पुग्न नसक्दा वार्ता सुरु हुन नसकेको बताएको छ।

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

लगत्तै विप्लव नेकपाले पनि प्रवक्ता प्रकाण्ड र नेता दीपक रहेको वार्ता टोली गठन गरेको छ।

हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धयता सरकारले विप्लवका झण्डै दुई हजारका कार्यकर्तालाई पक्राउ गरेको छ।

याे पनि :  वार्तामा ओली र विप्लवका आआफ्नै दाउपेच

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .