नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्।
मधुमेह र ग्याष्ट्राइटिसका बिरामी उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ।
जाँचका क्रममा श्रेष्ठको रगतमा अक्सिजनको मात्रा कमी देखिएको तथा निमोनिया र मुटुमा समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै परिवारका सदस्यले बताए।
नर्भिक अस्पतालमै कांग्रेसका अर्का नेता नवीन्द्रराज जोशीको पनि उपचार भइरहेको छ। उनलाई मस्तिष्कघात भएपछि शुक्रबार नर्भिक ल्याइएको हो।

प्रतिक्रिया