नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको अनेरास्ववियुले भोलि (शुक्रबार) विद्यार्थी भेला गर्ने भएको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा दिउँसो १ बजे भेला गरिने ओलीपक्षीय अनेरास्ववियुले जनाएको छ।
उसका अनुसार भेलामा पार्टीका सचिवालय सदस्य एवं उप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने कार्यक्रम छ।
सर्वाेच्च अदालतले आफ्मा माउ पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली गराएको संसद् विघटन सर्वाेच्च अदालतले बदर गराएका बेला उनीनिकट विद्यार्थीको भेला आयोजना गर्न लागिएको हो।
प्रतिक्रिया