ad ad

राजनीति


उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज छैन : सचिवालय

उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज छैन : सचिवालय

नेपालखबर
फागुन १२, २०७७ बुधबार ५:५६,

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उपत्यका बाहिर जान बन्देज नरहेको उनको सचिवालयले जनाएको छ।

 विभिन्न सञ्चार माध्यममा उपराष्ट्रपति पुनलाई उपत्यका बाहिर जान बन्देज लगाए भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित, प्रसारित भएको भन्दै उनको सचिवालयले उक्त समाचारमा कुनै सत्यता नभएको बताएको छ।

उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्यकाबाहिर जान बन्देज लगाइएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका हुन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर उपत्यकाका बाहिरका कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

‘दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी नीजि सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको स्पष्ट पारिन्छ’, विज्ञप्तिमा भनिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .