प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको लक्षण गतिलो नभएको बताए।
प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थकाएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका हुन्।
उनले ७० प्रतिशत केन्द्रीय सदस्यलाई हिसाब नरेर केपीको धम्क्याउनेबित्तैकै त्यसैको हिसाब गरेको बताए।
केपी ओलीले गएर धम्क्याउनु भएछ, निर्वाचन आयोग अलिकति, आयोगका कोही कोही मान्छे खै के हो, अहिले अलि बढी नभनौँ, भन्यो भने बिग्रने हो कि?’, उनले भने, ‘तर, लक्षण निर्वाचन आयोगले गतिलो देखाएको छैन है।’
उनले ७० केन्द्रीय सदस्य लिएर आफूहरु १० दिनमै आधिकारिक नेकपा दावी गर्न निर्वाचन आयोग गएको बताए।
‘७० प्रतिशत केन्द्रीय समिति एकतिर हुँदाहुँदै, हामीले सुरुमै गएर हामी हो हामी हो पार्टी हो भनेको हो। त्यसलाई हिसाब नगर्ने, केपी ओलीले गएर धम्क्याउनेबित्तिकै त्यसको हिसाब गर्ने गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपाली जनताले’, उनले भने। उनले सजिलो नठान्न र नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी समेत दिए।
उनले ढाई सय वर्ष पुरानो सामन्ती सत्ता फाल्ने केपी ओली नभइ आफूहरुको टिम भएको बताए।
उनले संवैधानिक निकायमा गएका व्यक्तिले खेलाची ठाने देश र जनताले दुःख पाउने बताए।
‘खेलाची कसैले नठाने हुन्छ, संवैधानिक निकायमा पुगेका जनताले खेलाची ठाने भने देश र जनताले दुःख पाउछन्’, उनले भने, ‘जनतालाई र देशलाई दुःख दिने गल्ती कसैले पनि गर्नुहुँदैन।’
उनले आफूले अपमान नगरेको र आफूलाई अदालतप्रति भरोसा भएको बताए। उनले निर्वाचन आयोगलाई पनि काइते कुरा नगर्न र खुट्टा नकमाउन आग्रह गरे।
‘मलाई विश्वास छ, मैले कहिल्यै अपमान गरेको छैन। अदालतप्रति भरोस छ भनेको छु, आज पनि भने। गर्ने त्यही हो छिटो गर्दैउ मात्रै भनेको हो’, उनले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुराको पछि नलाग मात्रै भनेको न हो हामीले।’

प्रतिक्रिया