ad ad

राजनीति


सैन्य ‘कू’को विरोध भएपछि म्यान्मारमा बन्द गरियो इन्टरनेट

सैन्य ‘कू’को विरोध भएपछि म्यान्मारमा बन्द गरियो इन्टरनेट

नेपालखबर
माघ २४, २०७७ शनिबार १०:११,

सैन्य कूको विरोध गर्दै हजारौं जनता सडकमा उत्रिएपछि त्यहाँ शनिबारदेखि इन्टरनेट अनिश्चितकालको लागि बन्द भएको बीबीसीले जनाएको छ।

इन्टरनेट सम्बन्धी जानकारी राख्ने संस्था नेटब्लक इन्टरनेट अब्जरभेटरीका अनुसार देशमा लगभग पूर्ण इन्टरनेट लकडाउन लागू भएको छ।

हाल त्यहाँ १६ प्रतिशतले मात्र इन्टरनेट सुविधा लिएका छन्।

हाल मुख्य शहर यंगुनमा प्रदर्शनकारीले ‘सेनाको तानाशाही शासन बन्द होस्, लोकतन्त्र जिन्दावाद’को नारा लागेको बताइएको छ।

हालै म्यान्मारले फेसबुक, इन्स्टाग्रामसँगै ट्विटरमा प्रतिबन्ध लगाएको थियो। त्यसको केहीदिनमै इन्टरनेट नै बन्द गरिएको हो।

सैन्य शासन लागू भइसकेको अवस्थामा सेनाले त्यहाँका नागरिकको आवाजलाई दबाउन यस्तो कार्य गरेको हो।

गत सोमबार मात्र म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित राष्ट्रपति विन मिन्टलाई गिरफ्तार गरेर सेनाले एक वर्षसम्मको संकटकाल घोषणा गरेको छ।

हाल म्यान्मारको शक्ति सञ्चालनको जिम्मा सेना प्रमुख मिन अङ लाइङले पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .