ad ad

राजनीति


जागौं जनता भन्दै कांग्रेसले ल्यायो यस्तो भिडियो

जागौं जनता भन्दै कांग्रेसले ल्यायो यस्तो भिडियो

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ६:१३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सर्वसाधारणलाई सडकमा ओर्लन आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेको छ।

शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा उक्त भिडियो सार्वजनिक गर्दै २९ गतेको सरकारविरोधी प्रदर्शनमा साथ दिन सबैमा आग्रह गरेका छन्।

‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ?’ प्रवक्ता शर्माद्वारा प्रस्तुत भिडियोमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’

तनहुँ घटना लगायतका अनेक दमन साक्षी रहेको, जनताको अधिकार एक एक गरेर खोस्दै गएको भन्दै सर्वसत्तावादलाई रोक्न सडकमा आउनुपर्ने भिडियो बताइएको छ। त्यस्तै भ्रष्टाचारका विरोधमा सरकारलाई कठघरमा उभ्याउनका लागि पनि सडकमा आउनुपर्ने कांग्रेसको भनाइ छ।

 उक्त भिडियोमा कतै प्रवक्ता शर्मालाई देखाइएको छ भने कतै विभिन्न फुटेजहरु देखाइएको छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .