राजनीति


राप्रपाले गर्‍यो चुनाव चिन्ह र झण्डा अनावरण

राप्रपाले गर्‍यो चुनाव चिन्ह र झण्डा अनावरण

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ११:५७,

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह अनावरण गरेको छ। सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीको झण्डा झण्डोत्तोलनसँगै चुनाव चिन्ह अनावरण गरिएको हो।

पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबाट भएको थियो ।

पार्टी एकता पछि राप्रपाले हाल चुनाव चिन्ह हलो र झण्डामा गाई चिन्हको प्रयोग गरेको छ।

सो क्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताए।

राजस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे।

कार्यक्रमलाई अर्का अध्यक्ष पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .