ad ad

राजनीति


काठमाडौंका केही अस्पताल र ‘ल्याब’ले कोरोनाको नक्कली रिपोर्ट दिइरहेको खुलासा

काठमाडौंका केही अस्पताल र ‘ल्याब’ले कोरोनाको नक्कली रिपोर्ट दिइरहेको खुलासा

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ३:२७,

काठमाडौंका विभिन्न अस्पताल तथा प्रयोगशालाले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिइरहेको खुलासा भएको छ।

यस विषयमा कारबाही अघि बढाउन भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि रहस्य खुलेको हो।

विमान चढ्ने बेला काठमाडौंबाट कोरोना नेगेटिभ पीसीआर रिपोर्ट लिएर गएका यात्रु हङकङ र यूएईमा पुगेपछि पुनः परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको भन्दै मन्त्रालयले त्यस्ता रिपोर्ट दिने अस्पताल तथा ल्याबलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

नक्कली रिपोर्ट दिने ल्याबकै कारण नेपाल वायु सेवा निगमको हङकङ, यूएईलगायत केही देशमा उडान नै स्थगन गरिएको पत्रमा उल्लेख छ।

पत्रअनुसार विभिन्न प्रयोगशालाले स्वाब नै नलिईकन त्यत्तिकै कोरोना नेगेटिभको रिपोर्ट बनाइदिने, स्वाब संकलन गरे पनि हेरफेर गरी पोजिटिभ रिपोर्ट दिने गरेको, स्वाब संकलन गरे पनि निर्धारित समयसमम भण्डारण गर्नुपर्नेमा त्यस्तो नगरेको पाइएको छ।

तर कुन कुन अस्पताल वा ल्याब भन्ने कुरा पत्रमा खुलाइएको छैन।

हेर्नुहाेस्, त्याे पत्र-

letetrparyatan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .