चीनले अमेरिकी वाणिज्य दूतावासले हङकङको व्यक्तिगत स्वतन्त्रता र कुटनीतिक मान्यतालाई बेवास्ता गरेको आरोप लगाउँदै अमेरिकी वाणिज्य दूतमाथि नयाँ प्रतिबन्ध लगाएको हो।
हाल हङकङका लागि अमेरिकी वाणिज्य दूत ह्यान्सकम स्मिथ हुन्। चीनको प्रतिबन्धअनुसार अबदेखि ह्यान्सकम स्मिथले हङकङका सरकारी अधिकारीलाई भेट्न खोज्दा चीनको विदेशमन्त्रालयको अनुमति लिनुपर्नेछ।
साथै शैक्षिक र अन्य सामाजिक गतिविधिमा संलग्न हुँदासमेत अनुमति लिइनुपर्ने बताइएको छ। अनुमति नलिए उक्त कार्यलाई चीनले अवैधानिक मान्नेछ।
ह्यान्सकम स्मिथ
हालै मात्र अमेरिकाले विश्वभरका कम्युनिस्ट पार्टीको सदस्यलाई पीआर र नागरिकता नदिने नीति पनि सार्वजनिक गरेको थियो।
यो कानुन अहिले खासगरी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ।
यो कानुनले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।
अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यो कानुन ल्याइएको जनाइएको छ।
यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यो कानुन लागू गरेको थियो। एससीएमपी
प्रतिक्रिया