ad ad

राजनीति


कांग्रेस प्रवक्ता भन्छन्: कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत छ

कांग्रेस प्रवक्ता भन्छन्: कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत छ

नेपालखबर
असोज १९, २०७७ सोमबार १३:५१,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताएका छन। 

समाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैनl'

असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। राजधानीका विषयलाई लिएर कांग्रेस तथा अन्य दलले विरोध जारी राखेका छन।

सोमबार १ बजे प्रदेश सभाको बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी अस्थायी राजधानी रहेको बुटवललाई नै कायम गर्नुपर्ने माग गरेका थिए।

कनौडिया बोलेपछि कांग्रेस सांसदले नाराबाजी गरे। जनता समाजवादीका केही सांसद पनि नाराबाजीमा उत्रिए र रोष्ट्रम घेराउ गरे।

नाराबाजीपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्म बैठक स्थगित गरे। त्यसपछि २ बजे बस्ने भनिएको बैठक ३ बजे बल्ल बस्यो।

सभामुख घर्तीले बैठक सुरु गर्नेवित्तिकै कांग्रेस सांसद र जसपाका केही सांसदले रोष्ट्रम घेराउ गरी विरोध गरे। तर विरोधकाबीच पनि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारे छलफल गर्न संसदमा प्रस्ताव पेस गर्न अनुमति दिए। धकेलाधकेलबीच रोष्ट्रममा पुगेर मन्त्री केसीले प्रस्ताव पेस गर्न सुरु गरे।

तर आक्रोसित कांग्रेस सांसद वसिउद्दिन खान, अष्टापुजा पाठक, बैजनाथ कलवार र जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सीटेबल तोडफोड गरेका थिए।

सुरुमा खानले कुर्सी तोडफोड गरेका हुन्। त्यसपछि अन्य सांसदले पनि तोडफोड सुरु गरे। यस्तै, कांग्रेस सचेतक निर्मला क्षेत्री, पुष्पा थरुनी, रमा अर्यालले माइक तोडफोड गरे। विरोधका बावजुद मन्त्री केसीले प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरे।

सांसदहरुले संसदीय मर्याद पालन गर, पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाई गर, दुईतिहाईको दम्भ नदेखाउ जस्ता नारा लगाउँदै कुर्सी, टेबल र माइक तोडफोड गरेका थिए।

विस्तृतमा: कांग्रेस र जसपा सांसद : जसले प्रदेश सभालाई रणभूमि बनाए (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .