ad ad

राजनीति


देश संघीयतामा गइसक्यो, सरकारको ध्यान केन्द्रमै छ : सिंह

देश संघीयतामा गइसक्यो, सरकारको ध्यान केन्द्रमै छ : सिंह

नेपालखबर
असोज २, २०७७ शुक्रबार ६:९,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रमै रहेका आरोप लगाएका छन्।

गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताए।

‘देश संघीयतामा गइसक्यो, सरकारको ध्यान भने केन्द्रमै छ’, उनले भने, संविधानको मर्म र भावना विपरीत नजान म सरकारलाई आग्रह गर्छु।’

सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम् काम पनि नगरेको उनको आरोप थियो मेडिकल सामग्री खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाई थियो।

नेता सिंहले जनताले करिब दुई–तिहाई मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटी प्रिन्टिंग प्रेस लगायतका काण्डमा मुछिएको बताए।

उनले गणेशमान सिंहलाई स्मरण गर्दै नेपाली राजनीतिले उनको सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताए। नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन्।

‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ। उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ’, सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने। नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताए।

प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सँधै सम्झिरहने सिंहको भनाइ थियो।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आह्वानमा भएको०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उनको नेतृत्व स्वीकारेको पनि सिंहले बताए। सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्तभन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .