राजनीति


बेनीबाट विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

बेनीबाट विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

नेपालखबर
साउन ७, २०७६ मंगलबार १२:४,

प्रहरीले म्याग्दीको बेनीबाट विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा रुकुम घर भएका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बाग्लुङ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेका छन्। उनीहरुमाथि स्थानीय जनप्रतिनिधिलाई धम्क्याएर चन्दा अशुल गरेको तथा पाँचवटा एनसेल टावरमा आगजनी गरेको आरोप छ।

बेनी नगरपालिका–३ भकिम्ली नयाँपुलबाट पक्राउ परेका उनीहरुको साथबाट ध.१ प २१७० नम्बरको मोटरसाइकल र मोवाईल ३ थान समेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad