कारोबार


२९ हजार नौ सय मूल्य पर्ने हुवावे वाई९ प्राइम बजारमा

२९ हजार नौ सय मूल्य पर्ने हुवावे वाई९ प्राइम बजारमा

नेपालखबर
साउन ७, २०७६ मंगलबार ७:७,

विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हुवावेले पप–अप क्यामरा भएको वाई९ प्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ।

हुवावे वाई९प्राइम २०१९ सिरिजअन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपालीबजारमा यो स्मार्टफोनको मूल्यरुपैयाँ२९,९९०तोकिएको छ। वाई९ प्राइम २०१९ कालो, नीलो र हरियो रगहरुमा उपलब्ध छ । उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइनअपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमाएआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहितअन्यविशेष विशेषताहरू रहेको छ ।

यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६एमपीको पप–अपक्यामराले जादूमय रूपमा काम गर्दछ । सामान्यअवस्थामाक्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।

पप–अपलेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्दछ । १६ एमपी क्यामरामा भएको एफ/१.८ एपर्चरले सामान्यतया हुने एफ/२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।

पप–अप क्यामरासँगै यो बजेट फोनमा अन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले हुवावे वाई९ प्राइम २०१९सिरिजलाई आकर्षक देखिने बनाएको छ र स्क्रीनमात्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।

२३४०x१०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटीका साथमा हुवावे वाई९प्राइम २०१९ स्क्रिन म्याग्निफाइङ ग्लासजस्तै काम गर्छ र सूक्ष्म रूपमा डिटेलहरू हेर्न सकिन्छ।
हुवावे वाई९ प्राइम २०१९१२ एनएमको किरिन ७१० चिपसेट र ८ कोर आर्किटेक्चर जडान गरिएको छ जसले उच्च कार्यप्रदर्शन र अधिकतम क्षमता प्रदान गर्दछ ।

चार हजार एमएएच ब्याट्री क्षमताबजारमा सबैभन्दा अग्रस्थानमा छ । किरिन ७१० एफचिपसेटले अधिकतम शक्ति क्षमता र विभिन्नखाले विशेषताहरूका साथमा यो फोन उपलब्ध छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .