राजनीति


सरकारलाई कांग्रेसका पाँच सुझाव: निषेधाज्ञा नलम्ब्याऊ, अधिकतम सदुपयोग गर

सरकारलाई कांग्रेसका पाँच सुझाव: निषेधाज्ञा नलम्ब्याऊ, अधिकतम सदुपयोग गर

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ११:३५,

नेपाली कांग्रेसले निषेधाज्ञा वा लकडाउनको अवधिलाई लामो समयसम्म राख्न नहुने बताएको छ।

नेपालकै निकट विगतको अनुभवबाट पाठ सिक्दै निषेधाज्ञा लामो समयसम्म नराख्न र यो समयको अत्यधिक उपयोग गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा सँगै नरहेपनि आफूहरु सरकारसँगै मिलेर कोरोना विरुद्ध लड्न तयार रहेको जानकारी दिएका छन्।
कोरोना नियन्त्रण सम्बन्धमा प्रवक्ता शर्माले सरकारलाई पाँच बुँदे सुझाव पनि दिएका छन्।

यस्ता छन्, उनका सुझावहरु
१) कोरोनाको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लक डाउन देखि निषेधाज्ञासम्म जारी छ। देशको राजधानी काठमाडौं उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ। नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन्। ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यता पुनः दोहो¥याउँदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ।

२) लक डाउन या निषेधाज्ञा आफैँमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ। केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा। कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ। नेपाली कांग्रेस आग्रह गर्दछ- विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्।

३) चैत्र महिनादेखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो। निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ।

४) प्रतिकुल वातावरणबीच फ्रन्ट लाइनमा कार्य गरिरहेका स्वास्थकर्मी देखि सफाइकर्मीसम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मी देखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मी सम्मलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेस उहाँहरुका लागि आवश्यक पर्ने भौतिक सामग्री देखि मनोबैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गर्दछ।

५) निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेछ। अतः त्यसबारेमा समयमै दृष्टी र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ। नेपाली कांग्रेस ती सबै वर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .