राजनीति


आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ बाट सुचारु हुने

आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ बाट सुचारु हुने

नेपालखबर
साउन ५, २०७७ सोमबार १४:६,

सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री योगेश भट्टराइले नेपालखबरलाई भने, ‘त्यसका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’

याे पनि:
साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रालयको प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad