ad ad

राजनीति


ट्रम्प भन्छन्ः बेलायतमा हुवावेमाथि प्रतिबन्ध लाग्नुको कारण म हो

ट्रम्प भन्छन्ः बेलायतमा हुवावेमाथि प्रतिबन्ध लाग्नुको कारण म हो

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:२१,

मंगलबार मात्र बेलायतले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरणहरु देशबाट हटाउन आदेश दिएको छ।

बेलायतले आफ्ना देशका मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका हुवावेका सबै फाइभ–जी उपकरणहरु सन् २०२७ सम्म हटाउन भनेको छ।

यसबीचमा ट्रम्पले बेलायतमा हुवावेमाथि प्रतिबन्ध लाग्नुमा आफू जिम्मेवार भएको बताएको रोयटर्सले जनाएको छ।

ट्रम्पले भनेका छन्,‘हामीले धेरै देशहरूलाई यो विश्वास दिलायौं कि हुवावे सुरक्षाको दृष्टिकोणबाट खतरनाक छ। मैले आफैंले धेरै देशहरुसँग यस विषयमा कुरा गरे। हुवावे साँच्चै सुरक्षाका लागि जोखिम हो।’

अमेरिकाले हुवावेका उपकरणले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने बताउँदै हुवावेसहितका चिनियाँ सामग्री कुनै देशले प्रयोग गर्न नहुने बताउँदै आएको छ।

तर हुवावेले दोहोर्याउँदै आफ्ना कम्पनीको सामग्रीले कुनै देशलाई हानि नगर्ने प्रतिक्रिया जनाउँदै आएको छ।

गत जनवरीमा मात्र बेलायतले लामो समयको छलफलपछि हुवावेलाई बेलायतमा स्थान दिने बताएको थियो।

तर अमेरिकी प्रतिबन्धकै बीच हुवावेका सामग्री सुरक्षित छन् भन्नेमा बेलायत ढुक्क हुन नसक्ने बेलायतका अनुसन्धान एजेन्सीहरुले बताएका थिए।

हुवावे लगायत चीनका प्रविधि कम्पनीहरु चीन सरकारको जासुसीको माध्यम रहेको अमेरिकी ठहर छ।

अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद छ। यस कारण बेलायतमा हुवावेमाथि प्रतिबन्ध लागेपछि अमेरिका निकै खुशी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .