सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा गएको पहिरोमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायतका स्थानमा आएको बाढी र पहिरोका कारण अहिले पनि कतिपय व्यक्ति बेपत्ता र घरबारविहीन भएको भन्दै केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय हुन आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याए बताउँदै प्राकृतिक प्रकोपमा परिवारजन गुमाएकाहरुप्रति संवेदना व्यक्त गरेका छन्। उनले विपद्को यो घडीमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल समेत गरेका छन्।
अध्यक्ष प्रचण्डले दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपिल गरेका छन्।
‘दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपिल गर्दछु’, प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया