राजनीति


आत्महत्या रोक्ने योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

आत्महत्या रोक्ने योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
असार १६, २०७७ मंगलबार ११:४५,

नेपालमा आत्महत्या कम गर्ने योजना बनाउन संसदको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ।

मंगलबार दिउँसो बसेको समितिको बैठकले गृह, स्वास्थ्य र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।

नेपालमा औषतमा दैनिक १६ जनाको दरले आत्महत्या गर्ने गरेका छन्। वार्षिक आत्महत्याको संख्या सवारी दुर्घटनाका कारण ज्यान जानेको भन्दा धेरै हो।

आत्महत्याको असफल प्रयास गरि बाँच्न सफल व्यक्तिहरुको शरण गन्तव्यको रुपमा रनवे हाउसको व्यवस्था यथाशीघ्र सातै प्रदेशमा गर्न गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।

आत्महत्या गर्नेमा बालबालिका एवं आर्थिक रुपमा सक्रिय रहन सक्ने उमेर समुहका व्यक्तिहरु बढी हुनु थप दुःखदायी रहेको समितिको निस्कर्ष छ।

हाल कायम बन्दाबन्दीको प्रभावले मनोसामाजिक स्थितिमा अझ बढी नकारात्मक प्रभाव परेको सांसदहरुले बताए। मनोसामाजिक बिचलन एवं चरम निराशाका कारण जीवनमा कुनै उपाय बाँकी नदेखि आत्महत्या गर्ने गरेको भन्दै यसलाई रोक्ने योजना बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ।

मानसिक स्वास्थ्यलाई समेत प्राथमिक आधारभूत स्वास्थ्य सेवाको रुपमा नियमित र पहँुचयोग्य बनाउन, आत्महत्या न्यूनीकरण एवं रोकथामका लागि दीर्घकालीन एवं अल्पकालीन रणनीति यथाशीघ्र तत्काल कार्यान्वयनमा लैजान, जोखिम समूहको पहिचान गरी तत्काल संवोधन गर्न, एकीकृत राष्ट्रिय कार्ययोजना बनाई कार्यवन्यन गर्न समितिले भनेको छ।

सकारात्मक दृष्टिकोणको विकास गर्ने, जीवनप्रति मोह जगाउने खालका सूचना सामग्रीको व्यापक प्रचार प्रसार सार्वजनिक सञ्चार माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि समितिले ध्यानाकर्षण गराएको छ।

न्यूनतम जीविकोपार्जनका लागि सीपयुक्त, स्वावलम्बी, रोजगारमूलक जनशक्ति विकास गर्ने, आत्महत्याको जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्न र सकारात्मक विभेदको नीतिको आधारमा गरिबीको रेखामुनीको वर्गको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्य विमा लगायतका सामाजिक सुरक्षाको दायरा अभिबृद्धि गर्न समितिले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad