ad ad

राजनीति


सर्लाहीको धनकौलमा झडपः आज नेकपाले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

सर्लाहीको धनकौलमा झडपः आज नेकपाले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपालखबर
असार १६, २०७७ मंगलबार ५:११,

सर्लाहीको धनकौल गाउँपालिकामा भएको हिंसात्मक घटनाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (मंगलबार) जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ।

आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर २ र ३ का सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन प्रहरीसहित २१ जना घाइते भएका छन्।

याे पनि: सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच किन भयो झडप?

यो घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएको छ।

सोही घटनाविरुद्ध आज जिल्लाका सबै २० वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिने नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले नेपालखबरलाई जानकारी दिए।

‘यो नेपाली कांग्रेसको अराजकताको पराकाष्ठा हो,’ अध्यक्ष पन्तले टेलिफोनमा नेपालखबरसँग भने, ‘यस्ता बर्बरताविरुद्ध हामी कडा आन्दोलनमा उत्रन लागेका हौं।’

nebiii

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .