ad ad

राजनीति


  नेपाल–चीन सीमामा कुनै समस्या छैन, सगरमाथाको वास्तविक उचाइ छिट्टै घोषणा गर्छौं : परराष्ट्रमन्त्री

   नेपाल–चीन सीमामा कुनै समस्या छैन, सगरमाथाको वास्तविक उचाइ छिट्टै घोषणा गर्छौं : परराष्ट्रमन्त्री

नेपालखबर
असार १५, २०७७ सोमबार ८:१५,

सरकारले छिट्टै सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारले सबै प्रक्रिया पूरा गरेर वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्। उनले नेपालले आफैँले उचाई मापन नगरेकोले बीचमा उचाइमा अलमल भए पनि अहिले त्यो सुल्झिएको दाबी गरे।

सगरमाथाको उचाइ स्नो लाइनलाई मान्ने कि रक वेसलाई मान्ने भन्ने विषयमा चीनसँग छलफल गरिरहेका उनको भनाइ थियो। ‘हामीले स्नो लाइनलाई पहिलेदेखि आधार मानेर ८ हजार ८ सय ४८ मिटर उचाइ मानेर आएका छौं, संसारभरले त्यही भनिराखेको छ तर बीचमा चीनले नापी गर्दा हिउँको रेखाभन्दा तल वास्तविक रक कति हो त? भनेर हेर्दा ८ हजार ८ सय ४४ दशमलब ४३ भनेर किटान ग¥यो’, उनले भने, ‘सगरमाथाबाटै सीमाना जाने कारणले गर्दा त्यसको उचाइ दुबै देशको सहमतिबाट मात्र टुङ्ग्याउने अवस्था आएका कारण त्यो विषय टुंगिएको थिएन, त्यतिबेलासम्म नेपालले आफ्नो तर्फबाट नापी गरेको अबस्था थिएन।’

उनले नेपालले एक वर्षअघि नै सगरमाथाको उचाइ नापेको बताए। ‘गतवर्ष नेपालले नापी विभागका कर्मचारीबाट जोखिम मोलेर सगरमाथाको उचाई नाप्नुभएको छ, डाटा प्रोसेसिङका काम करिव करिव सकिएका छन्, यसबीचमा चीनतिरबाट पनि आफ्नोतिरको पाटो नाप्नुभएको छ’, उनले भने, ‘दुबै देशका बीचमा सूचना आदानप्रदानको काम पनि भइसकेको छ र छिट्टै नेपालको तर्फबाट सगरमाथाको उचाई घोषणा गर्ने तयारी हुँदैछ।’

मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा कुनै सीमासम्बन्धि समस्या नरहेको पनि प्रष्ट पारे।

‘यी केही काम दुई देशबीचमा छलफल गरेर टुंगो लगाउनुपर्ने बाहेक अरु कुनै समस्याहरु नेपाल–चीन सीमाका विषयमा नरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छ’, मन्त्री ज्ञवालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .