राजनीति


विपद् व्यवस्थापन समितिको बैठकः राहतमा एकद्वार प्रणाली, उद्धारका लागि हेलिकोप्टर परिचालन

विपद् व्यवस्थापन समितिको बैठकः राहतमा एकद्वार प्रणाली,  उद्धारका लागि हेलिकोप्टर परिचालन

नेपालखबर
असार २८, २०७६ शनिबार ८:८,

 लगातारको वर्षापछि देशका विभिन्न भूभागमा बढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनस्र्थापनमा सहयोग पु¥याउन विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ।

शनिबार मध्यान्ह गृह मन्त्रालय बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थिति थिए।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले वर्षा सुरु हुनअघि नै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको जानकारी दिए। उनले स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको बताए।

उनले खराब मौसमका कारण शुक्रबार हेलिकप्टरबाट राहत तथा उद्धारको काम गर्न नसकिएपनि शनिबार (आज)बाट राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको जानकारी दिए।

गृहमन्त्री थापाले आवश्यता अनुसार डुँगा नहुँदा समस्या परेकोबताए।

बैठकले राहतमा एकद्वार प्रणाली अपनाउने र राहत तथा उद्धारको काम सकिएपछि पुनर्निर्माणको काम अघि बढाउने निर्णए गरेको छ।

 बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। तत्काल राहतका लागि स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने ठहर पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad