ad ad

राजनीति


लकडाउनबारे छलफल गर्न आज बसेको मन्त्रिपरिषद् बैठकले अरू के-के निर्णय गर्‍याे?

लकडाउनबारे छलफल गर्न आज बसेको मन्त्रिपरिषद् बैठकले अरू के-के निर्णय गर्‍याे?

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १५:२४,

मूलतः लकडाउनलाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न आज (बिहीबार) अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले अन्य निर्णय पनि गरेको छ।

लकडाउन खुकुलो बनाउनेबारे छलफलफलका साथै मन्त्रिपरिषद् बैठकले रोल्पामा बम विस्फोटबाट मृत्यु भएका ४ बालबालिकाका परिवारलाई ५/५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ।

याे पनि: मन्त्रिपरिषद् बैठक सम्पन्न, लकडाउन खुकुलो पार्ने जिम्मा उच्चस्तरीय समितिलाई

गत वैशाख १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका-७ मा भुइँमा गाडिएको बम पड्किँदा स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजय तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरवको मृत्यु भएको थियो।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले संस्कृति पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

यसैगरी सामाजिक सुरक्षा ऐन संशोधन गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई यथावत रुपमै राखी कार्यन्वयन गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .