राजनीति


भारतसँगको सीमा विवादमा चीनको आक्रमकतालाई लिएर अमेरिका चिन्तित

भारतसँगको सीमा विवादमा चीनको आक्रमकतालाई लिएर अमेरिका चिन्तित

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ६:५६,

अमेरिकी विदेश मामिला संसदीय समितिका प्रमुख एलियट एल एन्जलले एक बयान जारी गर्दै भनेका छन्,‘भारत र चीनको वास्तविक नियन्त्रण रेखा नजिक चीनको आक्रमकतालाई लिएर हामी चिन्तित बनेका छौं। चीनले फेरि यो देखाउँदै छ कि उ आफ्ना छिमेकीहरूसँग शक्ति प्रदर्शन गर्ने कुरामा विश्वस्त छ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत वार्ताबाट यस समस्याको समाधान खोज्दैन।’

बयानमा भनिएको छ,‘सबै देशका लागि एक समान अन्तर्राष्ट्रिय कानुन छ जसलाई सबैले पालना गर्नुपर्छ। जसको लाठी त्यसको भैँसीजस्तो स्थिती नबनोस्। सीमा विवाद सुल्झाउन सबै मापदण्डलाई सम्मान गरौं, कुटनीति र यथावत् प्रणालीलाई पछ्याउन म चीनसँग आग्रह गर्न चाहन्छु।’

सोमबार मात्र चीनले सीमा विवाद समाधान गर्न दुवै देशबीच कुटनीतिक छलफल हुनुपर्नेमा जोड दिएको थियो।

चीनको विदेशमन्त्रालयका प्रवक्ता जाओ लिजिएनले सोमबार पत्रकार सम्मेलनमा भनेका थिए,‘हाल भारत–चीन सीमाको स्थिती स्थिर छ। सीमा विवाद समाधान गर्न भारत र चीनबीच कुटनीतिक र सैन्य स्तरको सबै बाटो खुलाउनुपर्छ।’

गएको केही हप्तादेखि पूर्वी लद्दाख र सिक्किम नजिकको वास्तविक नियन्त्रण रेखा नजिक भारत र चीनका सेना आमने सामने भएका छन्। दुवै सेनाबीच झडप भएको खबर पनि छ।

भारतले यसअघि वास्तविक नियन्त्रण रेखाको आफूले सम्मान गर्ने बताउँदै उक्त क्षेत्रमा चिनियाँ सेना सक्रिय भएको र भारतीय सेनालाई चिनियाँ सेनाले गस्ती गर्नमा बाधा पुर्याएको बताएको थियो।

यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीनबीचको सीमा विावद समाधान गर्न आफू मध्यस्थता गर्न इच्छुक भएको बताएका थिए। ट्रम्पले भनेका थिए,‘भारत–चीन गतिरोधको शान्तिपूर्ण समाधानका लागि चीनसँग वार्ता भइरहेको छ।’

Trump threatens permanent freeze on WHO funding | News | Al Jazeera

गएको चार हप्तादेखि भारत र चीनबीच सीमा सम्बन्धी तनाव जारी छ। भारत र चीनका हजारौं सैनिक विवादित क्षेत्र गलवान र पानगोङमा आमने सामने तैनाथ छन्।

चिनियाँ सेनाले गलवान उपत्यकाको किनारमा टेन्ट लगाएको भनेर भारतीय पक्षले आरोप लगाएपछि यतिबेला तनाव बढेको छ।

गलवान उपत्यका लद्दाख र अक्साइ चीनको सीमा नजिक पर्छ। यहाँनेर वास्तविक नियन्त्रण रेखाले अक्साई चीन र भारतलाई अलग गर्दछ। यो उपत्यका चीनको दक्षिणी सिनजियाङ र भारतको लद्दाखसम्म फैलिएको छ।

विवादसँगै भारतले यहाँ सेना थपेर तैनाथ गरेको छ। चीनले पनि भारतले गलवान उपत्यका नजिक गैरकानुनी रुपमा क्याम्पहरु खडा गरेको आरोप लगाएको छ।

गत मे ९ मा उत्तरी सिक्किमको नाथु ला सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।

त्यसबेला लद्दाखमा वास्तविक नियन्त्रित रेखा नजिक चिनियाँ सेनाको हेलिकप्टर देखिएको थियो। त्यसपछि भारतीय वायु सेनाले पनि लडाकु विमानबाट गस्ती सुरु गरेको थियो।

भारत र चीनबीच जारी गतिरोध अन्त्य गर्नका लागि डिभिजन कमान्डर स्तरमा कयौंपटक भएको वार्ता असफल भएको छ।

पछिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविक नियन्त्रण रेखाको स्थिती र चीनसँगको गतिरोधको विषयमा उच्चस्तरीय समिक्षा वैठक डाकेका थिए।

उक्त वैठकमा मोदीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षा प्रमुख जनरल विपिन रावत र तीनै सेनाका प्रमुख सहभागी थिए। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad