ad ad

राजनीति


सभामुख सापकोटाले दिए ईदको शुभकामना

सभामुख सापकोटाले दिए ईदको शुभकामना

नेपालखबर
जेठ १२, २०७७ सोमबार १:३३,

सभामुख अग्नी सापकोटाले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ईदुल फित्र (ईद) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सभामुख सापकोटाले सोमबार बिहान शुभकामना सन्देश जारी गर्दै ईद पर्व मनाउने सबै दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

‘आपसी सद्भाव र सहिष्णुताको प्रतीक र भाइचाराको सन्देश दिने यो पर्व कठोर अनुशासनमा बसी सामूहिक रुपमा नमाज पढेर, एक महिना लामो उपवास बसेर आफन्तहरुबीच खुशी साटासाट गरी मनाइन्छ,’ सन्देशमा भनिएको छ।

तर, यो बर्ष नोभल कोरोना भाइरसका कारण अप्ठ्यारो स्थिति सृजना भएको भन्दै सन्देशमा अहिलेको स्थितिलाई मध्यनजर गरी मुस्लिम समुदायले घरमै बसेर पर्व मनाउने निर्णय भएकोमा खुशी व्यक्त गरेका छन्।

98086571 245450739886103 3287434149509464064 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .