राजनीति


हिमाल ‘छुन चाहिँ होइन, हेर्न चाहिँ पाइन्छ’ भन्दै रास्वपा सांसदले राखे अनौठो प्रस्ताव

हिमाल ‘छुन चाहिँ होइन, हेर्न चाहिँ पाइन्छ’ भन्दै रास्वपा सांसदले राखे अनौठो प्रस्ताव

संसदमा बोल्दै रास्वपाका सांसद सुशील खड्का


नेपालखबर
जेठ १२, २०८३ मंगलबार १९:४९, काठमाडौँ

प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी सांसदहरुको विरोधका कारण सुरुदेखि नै अशान्त थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पेश गरेको पर्यटन विधेयकमा सैद्धान्तिक छलफल गर्नुपर्ने विषय संसदको कार्यसूचीमा थियो। सभामुख डीपी अर्यालले विधेयकमाथि सैद्धान्तिक छलफल अघि बढाए। बैठक रोकनन्।

छलफलमा सहभागी हुँदै रास्वपाका सांसद सुशील खड्काले विधेयकप्रति आफ्नो समर्थन जनाए। नेपालको हिमाली पर्यटनसम्बन्धी तथ्यहरु सुनाए। अहिले हिमाल आरोहण गर्न अनुकूल समय हो। मंगलबार खड्काले संसदमा हिमाल आरोहणमा प्रतिबन्ध लगाउनु पर्ने अनौठो प्रस्ताव पेश गरे।

वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरेका सांसद खड्काका अनुसार आरोहण सिजनमा दैनिक ४ लाख हजार लिटर मलमुत्र सगरमाथामै बिर्सजन हुन्छ।

वातावरणीय दृष्टिले अति सम्वेदनशील हिमालहरुमा पर्वतारोहण पूर्ण रुपमा प्रतिबन्ध वा पुनरावलोकन गरी भुटानको जस्तै नेपालका हिमाललाई ‘हेर्न मात्र पाउने’ व्यवस्था विधेयकमा थप गर्न उनले प्रस्ताव गरे।

सगरमाथासहितका हिमाललाई सांसरकै सबैभन्दा अग्लो ट्वाइलेट र डम्पिङ साइट बनाइएको भन्दै उनले आक्रोश व्यक्त गरे।

नेपालले पनि ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सांसद खड्काले भने, ‘हिमाल चढ्नका लागि होइन, टाढैबाट हेर्नका लागि पनि शुल्क लिने नयाँ मोडल विकास गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad