राजनीति


रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद

रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद

बैठकमा उपस्थित रास्वपा सांसद (बायाँ) र विरोधपछि बाहिर निकालिँदै (दायाँ)।


नेपालखबर
जेठ ९, २०८३ शनिबार १५:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद भएको छ। विवाद बढ्दै जाँदा रास्वपा कार्यकर्ताले सांसदलाई लेखेटेका छन्। 

शनिबार बाराको कलैयामा जिल्ला समितिको विस्तारित बैठक बोलाइएको थियो। जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाएको छ। 

बैठकमा रास्वपाका प्रतिनिधि सभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाललगायत पनि सहभागी थिए। बैठकमा संस्थापन पक्षलाई दवावमा राख्न खोजेपछि विवाद सुरु भएको रास्वपाका स्थानीय नेताले बताएका छन्। 

बैठकमा विवाद बढ्दै गएपछि रास्वपा कार्यकर्ताले नाराबाजी र होहल्ला सुरु गरेका थिए। त्यसपछि उनीहरूले सांसदहरूलाई बैठकबाट निकालेका थिए। 

तनाव बढ्दै गएपछि प्रहरीले बैठक स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। प्रहरीका अनुसार, सांसदलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। 

रास्वपाले केही दिनअघि रास्वपा स्थानीय नेता चन्दन स्वर्णकारलाई पार्टीबाट निकालिएको थियो। उनी रास्वपा बाराका संस्थापक जिल्ला सभापति हुन्। त्यसलाई लिएर रास्वपा बारामा विवाद हुँदै आएको छ। 

यसैबीच रास्वपा स्थानीय कार्यकर्ताले विरोध जनाएका छन्। रास्वपा सिम्रौनगढका पूर्वनगर सभापति साहेब अन्सारीले आफूमाथि हातपात भएको जनाएका छन्।

पदाधिकारीबाहेकमा मान्छेलाई बाहिर निकाल्न खोज्दा उल्टै आफूमाथि हातपात भएको उनको भनाइ छ। यसमा सांसदहरूले नै भूमिका खेलेकाले यस्तो अवस्था आएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad