ad ad

राजनीति


अत्यावश्यक सेवा न्युनतम कर्मचारीबाट सञ्चालन गर्न निर्देशन

अत्यावश्यक सेवा न्युनतम कर्मचारीबाट सञ्चालन गर्न निर्देशन

नेपालखबर
जेठ ५, २०७७ सोमबार १४:३९,

सरकारले लकडाउनको अवधिमा अत्यावश्यक सार्वजनिक सेवा न्युनतम कर्मचारी र सवारी साधनको प्रयोग गरी सञ्चालन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले सोमबार जारी गरेको सूचनामा ‘संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जेठ २० गते मध्यरातसम्मका लागि निरन्तरता दिइएको’ जनाउँदै सार्वजनिक सेवा सञ्चालन सम्बन्धि मन्त्रिपरिषदको गत वैशाख २४ को निर्णयलाई निरन्तरता दिइएको जनाएको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छः
१) बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्‍चालन गर्ने।

२) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्‍चालन गर्ने।

३) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयरनिकायको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने।

४) प्रकरण (३) मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .