नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ। कांग्रेस सांसदहरूले विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका हुन्।
संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले संसदीय दलको विधानमा सामान्य हेरफेर गरिएको बताए। ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ। संसदीय दलको विधानमा सामान्य हेरफेर भएको छ,’ स्नेहीले भने।
कांग्रेस सहमहामन्त्री समेत रहेका स्नेहीले दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार काम अघि बढिरहेको पनि बताए। आज मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ।
शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ। अपराह्न ४:४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। त्यसपछि बेलुका ५ बजेटबाट मतदान हुने तय गरिएको छ।
फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको छ। निर्वाचन भएको दुई महिना हुनै लाग्दा पनि कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छ।
Shares

प्रतिक्रिया