राजनीति


‘गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन’

‘गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन’

रास्वपा सभापति रवि लामिछाने


नेपालखबर
बैशाख ६, २०८३ आइतबार १९:३४, काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले क्षेत्राधिकार मिचेर जथाभावी गरेको भन्ने चर्चा भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उनको कार्यशैली मूल्यांकन गर्ने बेला भइ नसकेको बताएका छन्।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मूल्यांकन गर्ने बेला भइसकेको छैन। भर्खरै त काम सुरु भएको छ।’

सडक, इन्जिनियरिङ, ठेक्कापट्टाको कुरा प्राविधिक भएकाले आफूलाई थाहा नभएको उनले बताए। ‘केही कम्युनिकेसन भएको हुनसक्छ। मलाई विस्तृत कुरा थाहा छैन। तथ्य नबुझी म यसै हो भन्न सक्दिनँ’, उनले भने।

रास्वपा सचिवाल बैठकले तय गरेका एजेण्डाहरु सोमबार बस्ने केन्द्रीय समिति बैठमा पेश गरिनेछ।

आइतबारको बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने पनि निर्णय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad